विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनसरीको दुहवीमा कांग्रेस र एमालेका कार्यकर्ता बीच झडप

507
shares

विराटनगर ।सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता बीच झडप भएको छ । दुहबी नगरपालिका-९ को छाताबेली चोकमा स्थानीय तह निर्वाचनको प्रचार-प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयमा कांग्रेस र एमालेका कार्यकर्ता बीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताए ।

उनका अनुसार शुक्रबार चुनाव प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस वडा अध्यक्ष उम्मेदवार मेहदी हुसेनको घर आसपास एमाले उम्मेदवार ताबिज हुसेन सहितले ठूलो आवाजमा डिजे (गीत) बजाएको भन्दै विवाद सुरु भएको थियो । विवादपछि आक्रोशित भिडले साउण्ड सिस्टमा राखिएको गाडीमा तोडफोडपछि झडप भएको थियो।

झडपछि घटनास्थलमा भेला भएको भिडलाई प्रहरीले नियन्त्रणमा लिएको र सुरक्षा व्यवस्था कडा बनाएको सुनसरीका प्रहरी प्रमुख थापाले बताए । उनले थप झडपको अवस्था आउन नदिन दुवै पक्षलाई छलफलमा बोलाएको बताए । ‘सामान्य विवाद भएको हो,’ उनले भने ‘थप विवाद हुन नदिन दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports