सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ढाडमा टेकेर टाउकोमा हान्ने रणनीतिमा दाहाल

533
shares

काठमाडौ । सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्व चलिरहेको बेला पार्टीका दुई अध्यक्ष मध्येका एक अध्यक्ष पुष्पकलम दाहालले संविधानसभाद्वारा अस्वीकार गरिएको मुद्दालाई व्यक्तिगत स्वार्थका लागि पुनः उठाएका छन् । कर्णाली प्रदेशमा भएको सत्ताधारी दलभित्रको विवादलाई पार्टीका दुवै अध्यक्षहरुले मिलाउन नसकेपछि पार्टीका दुवै अध्यक्षले कर्णाली प्रदेश कमिटीलाई अलग अलग मितिमा अलग अलग पत्र पठाएका छन् । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले कार्तिक ५ गते जिल्ला कमिटी र प्रदेश मुख्यमन्त्रीलाई पत्र पठाउँदै भनेका थिए मुख्यमन्त्रीबाट बर्खास्त गरिएकका मुख्य सचेतक गुलावजङ शाहीलाई मुख्य सचेतकमै कायम राख्नु भनेर ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले त्यस्तो पत्र पठाएको दुई दिनपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्तिक ७ गते अर्को पत्र पठाउँदै भनेका छन् आत्मनिर्णयको अधिकारसहितको संघीयतालाई पुनः विउँझ्याउने प्रयास गरेका छन् । अध्यक्ष दाहालले प्रदेश इन्चार्ज समेत रहनु भएका नेकपाको स्थायी समितिका सदस्य जनार्दन शर्मालाई लिखित पत्र पठाउँदै भनेका छन् प्रदेशले आफूखुसी जस्तोसुकै निर्णय लिन सक्ने भएकाले प्रदेशले नै निर्णय गर्नु । अध्यक्षले त्यस्तो पत्र पठाउनु भनेको माओवादी कालमा उठाइएका त्यो मुद्दालाई संविधानसभाले अस्वीकार गरिसकेको हो ।

तत्कालिन संविधान सभामा माओवादीका अध्यक्ष समेत रहेका दाहालले देश नै टुक्राउने गरी त्यो मुद्दालाई बोक्नुभएको थियो । दाहालको त्यो मुद्दालाई तत्कालिन नेकपा सहित नेपाली कांग्रेसले अस्वीकार गरेका थिए । त्यसबेला त्यो मुद्दामा नेकपा एमालेका सबै वरिष्ठ नेताहरु विपक्षमा उभिएका हुनाले र कांग्रेसले समेत अस्वीकार गरेको हुनाले त्यो मुद्दा टँुगिएको थियो । आत्मनिर्णयको अधिकार सहितको संघीयताले मुलुक नै टुक्रिन सक्ने र त्यो मुद्दा विदेशीहरुको योजनामा आएको भन्दै माओवादी बाहेकका सबै दलले विरोध गरेका थिए । तर अहिले आफूले पार्टीको कार्यकारी अध्यक्षको अधिकार पाएपछि दाहालले फेरी त्यही टुँगिसकेको मुद्दालाई उठाउनु षड्यन्त्रपूर्ण रहेको छ । अध्यक्ष दाहालले तत्कालिन नेकपा एमालेका नेताहरु भित्र खेल्दै आउनुभएको र अहिले नेकपाका वरिष्ठ नेता माधव नेपालको दबावमा त्यस्तो मुद्दा उठाइएको भन्दै नेता नेपालको अडानमाथि नै प्रश्न उठाइदिनुभएको छ । नेता नेपालल आत्मनिर्णयको अधिकारसहितको पक्षमा कहिल्यै रहनुभएको छैन ।

कर्णाली प्रदेशमा नेपाल पक्षमा रहेका सांसदहरुलाई मन्त्रीको लोभ देखाएर दाहालले खेल्न खोज्नुभएको छ । कर्णाली प्रदेशमा तत्कालिन माओवादीका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री रहेका छन् । त्यही कारण नेपाल पक्षका सांसदहरुलाई मन्त्रीको लोभ देखाएर फेरी ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने रणनीति दाहालले लिएको एक नेताले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports