kumari
stcnepal

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेले दिए राजिनामा

काठमाडौं ।गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शन जारी रहँदा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार पद बाट राजीनामा दिएका छन् ।

श्रीलंकाली अखबार डेलीमिररले आफ्नो अनलाइन संस्करणमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ । सरकार विरोधी प्रदर्शनलाई मत्थर बनाउन टापू मुलुक श्रीलंकामा लगाइएको देशव्यापी कफ्र्यु घोषणाका बीच राजापाक्षेको राजीनामा आएको हो ।

जारी राजनीतिक संकट समाधानका लागि राजापाक्षेले आइतबार भाइ समेत रहेका राष्ट्रपति गोटाबाये राजापाक्षेलाई भेटेर आफूले पदबाट राजीनामा दिन लागेको बताएका थिए ।

 

 

footer