२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

म होईन देउवा नै तानाशाही, शान्तिपुर्ण जुलुसमा गोली चलाउने देउवा नै हुन : अध्यक्ष ओली

949
shares

ललितपुर ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय गठबन्धनमा अरू पार्टी थपिए पनि एमालेलाई केही फरक नपर्ने र पराजित गर्न नसक्ने बताएका हुन् ।

उनले काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई अलोकतान्त्रिक र तानाशाही भनेर भनेको भन्दै हिजो आफ्नै कार्यकर्ताले रुखमा भोट हाल्न पाउँभन्दा पार्टी बाट निष्कासन गर्ने देउवा नै तानाशाही भएको टिप्पणी गरे । उनले ५० वर्ष काम गरेका कार्यकर्तालाई शेरबहादुरले पार्टी बाट निष्कासन गरेको भन्दै काँग्रेसका कार्यकर्ता धेरै सहनशील भएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले शेरबहादुर देउवा गृहमन्त्री हुँदा १२२ जनालाई गोली हानेर मारेको आरोप समेत बताए । प्रधानमन्त्री देउवालाई चुनौती दिँदै ओलीले भने, ‘शेरबहादुर लाई म भन्न चाहन्छु । शेरबहादुरजी केपी अ‍ोलीले गोलीका आँखा हुँदैनन् भनेर अन्धाधुन्ध गोली चलाउन कहिल्यै पनि लाएन ।’

उनले आफू गृहमन्त्री हुँदा एउटा पनि गोली नचलेको बताए । ‘केपी ओली गृहमन्त्री हुँदा एउटा पनि गोली चलेन । एउटा मान्छे मरिएन’, उनले आफू इतिहास सम्झन नचाहने तर देउवाले कोट्याएको भन्दै भने, ‘उहाँले त गृहमन्त्री हुँदा छोटो समयमा कुनै द्वन्द्व भएको थिएन, शान्तिपूर्ण जुलुसमा गोली चलाएर १२२ जना मान्छे झ्यालमा बसेकालाई मार्नुभयो, कौसीमा बसेकालाई मार्नुभयो, घर भित्र बसेकालाई मार्नुभयो ।’

उनले त्यसबेला कतिका टाउको फुटाएको र कतिका करङ भाँचेको भन्दै १२२ जनाको हत्या गरेकाले तानाशाही त्यसलाई भन्ने दाबी पनि गरे । उनले मदन भण्डारीको हत्याको छानबिन गरौँ भन्दा गोली हानेर २२ जना मारेको पनि बताए । उनले अहिले पनि देउवा आफू प्रधानमन्त्री हुन लोकतन्त्र धरापमा पार्ने काम गरेको बताए । उनले जनता मार्न हुँदैन भन्ने केपी ओली तानशाही हुँदैन भन्दै शब्द र अर्थ सहित बोल्न आग्रह गरे । ‘शब्द र अर्थ सहित बोल्नुस् । हैन भने हजारौँ प्रमाण ल्याइदिन्छौ’, ओलीको भनाइ छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports