प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृहजिल्ला बाँकेमा धार्मिक विधिअनुसार सञ्जु चौधरीको अन्त्येष्टि

611
shares

बाँके ।मंगलबार काठमाडौंमा मृत भेटिएकी राष्ट्रिय भारत्तोलन खेलाडी तथा १३औं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता सञ्जु चौधरीको बुधबार उनको गृहजिल्ला बाँकेमा धार्मिक विधि अनुसार अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टि अघि उनको पार्थिव शरीरलाई बाँकेको राप्तीसोनारी–३ बेलासपूर स्थित सञ्जुको घरमा अन्तिम श्रद्धान्जलिका लागि राखिएको थियो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उनको घरमै पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धान्जलि अर्पण गरेका हुन् ।

मंगलबार विहान ललितपुरको लुभु स्थित आफू बसेको कोठा भित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी सञ्जुको पार्थिव शरीरलाई पाटन अस्पतालमा पोष्टमार्टम गरी मंगलबारै बाँके पठाइएको थियो । श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री गहतराजले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणीय क्षती पुगेको बताए ।

सञ्जु एसियाली खेलकुदको तयारीका क्रममा ललितपुर स्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २२ वर्षीया चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएकी थिइन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports