२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चुनाव बहिष्कार गर्ने नीति छैन : नेकपा बहुमत

1.87K
shares

काठमाडौं । हालैनवगठित नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा बाट राजनीतिक प्रशिक्षण सकेर बाँके घरमा जाँदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो। हिजो अबेर रुपन्देहीको बुटवलमा भएको बम बिस्फोट सँग जोडेर बस्तोलालाई सडयन्त्रपूर्वक प्रक्राउ गरिएको भन्दै नेकपा बहुमतले आपत्ति जनाएको छ।

नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कञ्चन पोखरा बाट प्रशिक्षण सकी बाँके स्थित घरमा जाँदै गर्दा बुटवलमा बम विस्फोट गराइनु र उहाँलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट छ।’ बुटवल घटनाको जिम्मा नेकपा (माओवादी)ले लिइसकेको र त्यसमा आफ्नो सहभागिता नै नरहेको नेकपा बहुमतले दाबी गरेको छ । साथै चुनाव बहिष्कार र गर्ने आफूहरूको कुनै नीति नरहेको समेत स्पष्ट पारेको छ।

‘बुटवल घटनाको जिम्मा नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले लिइसकेको कुरा सार्वजनिक भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको कुरा सार्वजनिक रूपमा स्पष्ट गर्न चाहन्छौं ।’ नेता बास्तोलाको शीघ्र रिहाइकाको माग गर्दै विज्ञप्तिमा त्यसो नगरिए देशव्यापी रूपमा सङ्घर्ष गर्ने चेतावनी समेत दिएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports