२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी उपविदेशमन्त्री जेयाको भारत र नेपालको ६ दिने भ्रमण सुरू

871
shares

काठमाडौं ।नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मुद्दा हेर्ने विशेष संयोजक उज्रा जेया मंगलबार देखि भारत र नेपालको ६ दिने भ्रमण सुरू गरेकी छन् ।

उपविदेशमन्त्री जेया मंगलबार भारत आइपुगेकी छन् । भारतमा तीन दिन बिताएपछि आगामी शुक्रबार जेया नेपाल आउने कार्यक्रम रहेको छ । जेया आफैंले पनि ट्वीटर मार्फत आफू भारत पुगेको जानकारी गराएकी छन् । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले सोमबार जारी गरेको सूचना अनुसार १७ देखि २२ मे सम्म विदेशमन्त्री जेयाले भारत र नेपालको भ्रमण गर्ने तय भएको छ ।

भ्रमणका क्रममा उनले मानव अधिकार र लोकतान्त्रिक शासन व्यवस्थाका लक्ष्यहरूमा हुने सहयोगलाई थप फराकिलो बनाउन र मानवीय प्राथमिकताहरू विस्तार गर्ने विषयमा छलफल गर्नेछन् । साथै, लोकतन्त्रका लागि शिखर सम्मेलनका लागि यो वर्षको कार्यकालमा भारत र नेपालसँग साझेदारी गर्ने विषयमा पनि उनले छलफल गर्ने भएकी छन् ।

जेयालाई जो बाइडेन सरकारले गत वर्षमा डिसेम्बरमा तिब्बत मुद्दा हेर्ने विशेष संयोजक नियुक्त गरेको थियो । भारतीय सञ्चार संस्थामा प्रकाशित समाचारहरूका अनुसार उनले भारतको हिमाञ्चलमा प्रदेशमा रहेको धर्मशाला भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यहाँ उनले तिब्बती धर्म गुरु दलाई लामा र तिब्बत बाट निर्वासित विशिष्ट नेताहरू सँग भेट गर्ने भएकी छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports