स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत : एमाले उपमहासचिव प्रदीप ज्ञवाली
वि.सं.२०७९ जेठ ५ बिहीवार १६:३५
shares
dav
काठमाडौं ।नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको बताएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरु सँग कुरा गर्दै उनले एमालेको जनमत यथावत रहेको बताएका हुन् । अन्य पार्टी सँग थोरै मत अन्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफूहरुले पराजय भोगेको ज्ञवालीको टिप्पणी छ ।
‘हामी समग्र देशैभरिको तथ्यहरु संकलन गरिरहेका छौँ । हाम्रो समग्र जनमत यथावत छ । तर अब पाँच सय, एक हजारको प्रतिस्पर्धामा रहेका ठाउँहरुमा एउटा अर्को पार्टी थपिने बित्तिकै त्यसले परिणाममा त फरक पार्ने भो । हाम्रो जुन औसत जनमत हो, लोकप्रिय मत नेकपा एमालेले करिब–करिब ४८ सालको निर्वाचन देखि नै त्यो मतमा चाहिँ प्रारम्भिक ट्रेन्डहरु हेर्दा हाम्रो जनमतमा तल माथि भएको म देख्दिनँ’ उनले भने ।
उपमहासचिव ज्ञवालीले कतै कतै पार्टीको आन्तरिक कारणहरुले पनि पार्टीले हारेको भन्दै त्यसको समीक्षा गरिने बताए । उपमहासचिव ज्ञवालीले संसदको यस अधिवेशनमा संवेदनशील खालका विधेयकहरु टुंग्याउनुपर्ने र त्यसमा एमालेको सहयोग हुने बताए । ‘सरकारले विधेयक ल्यायो भने पास हाम्रो सहयोग चाहेमा हामी सँग परामर्श हुनुपर्यो । मुख्यमुख्य र संवेदनशील खालका विधेयकहरु छिटो टुंगो हुन भन्ने चाहान्छौँ । त्यसमा हाम्रो रचनात्मक सहयोग रहन्छ’ उनले भने ।
उपमहासचिव ज्ञवालीले नेकपा एकीकृत समाजवादीलाई सभामुख र अदालतले बचाइदिएको भए पनि जनताले नबचाइदिएको टिप्पणी गरे ।





































