विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संघीयता कार्यान्वयनलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याएको सरकारको घोषणा

585
shares

काठमाडौं ।सरकारले संघीयता कार्यान्वयनलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याएको घोषणा गरेको छ । मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयताको सुदृढीकरण र सुशासनमा प्राथमिकता राखिने बताएकी हुन् ।

‘संघीयता कार्यान्वयको हाल सम्म अभ्यास अनुभव र पृष्ठपोषणको आधारमा कार्य विस्तितृकरण प्रतिवेदनको पुनरावलोकन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘संविधानको अनुसूचीमा भएका अधिकारको कार्यान्वयनको लागि कानुनहरुलाई निर्माण गर्न आवश्यक व्यवस्था गरिनेछ ।’

यस्तै राष्ट्रिय र रणनीतिक योजना बाहेक अन्य योजनामा प्रदेश र स्थानीय तहको सहकार्यमा गरिने नीति तथा कार्यक्रममा उल्लखे छ ।

‘प्रदेश र स्थानीय तहमा वित्तिय हस्तान्तरण गरिनेछ । तीन तहकै सहकार्यमा प्राकृतिक श्रोतको संरक्षण, उपयोगमा बाँडफाँड गरिनेछ । स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग आबद्ध गर्दै आर्थिक समृद्धिको आधार तय गरिनेछ ।’ सरकारले ल्याएको नीति तथा कार्यक्रममा भनिएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports