विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सेन्ट लरेन्सका शिक्षक विरुद्ध ३ जनाको किटानी जाहेरी, २ शिक्षक पक्राउ

559
shares

काठमाडौं ।शिक्षकले बालयौन दूराचार गरेको भन्दै काठमाडौं चावहिलको सेन्ट लरेन्स कलेजका ३ विद्यार्थीले प्रहरीमा किटानी जाहेरी दिएका छन् । शिक्षकहरु जनार्दन अधिकारी र राजनकुमार पौडेलले बोलेर र छोएर बाल यौन दूराचार गरेको भन्दै उनीहरुले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका हुन् ।

विद्यार्थीको जाहेरीका आधारमा शिक्षकहरु अधिकारी र पौडेललाई पक्राउ गरिएको गौशाला वृत्तका डीएसपी केशव भट्टराईले जानकारी दिए । उनका अनुसार ३ विद्यार्थीले दिएको जाहेरी अनुसार शिक्षकहरु विरुद्ध बाल यौन दूराचार मुद्दामा अनुसन्धान भइरहेको छ ।

विद्यार्थीहरुले आरोपित शिक्षकलाई कारबाहीको माग गर्दै प्रहरी वृत्त गौशाला बाहिर नाराबाजी र प्रदर्शन गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports