विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय जनमोर्चाको स्थानीय तह निर्वाचनमा सत्तारुढ दल बीच भएको गठबन्धन सफल भएको निष्कर्ष

598
shares

काठमाडौं ।राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दल बीच भएको गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन नेकपा एमालेलाई परास्त गर्न सफल भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘… प्रतिगमनका विरुद्ध हाम्रो पार्टी सहितले गरेको पाँच दलीय गठबन्धन मूलतः सही थियो भन्ने कुरा राष्ट्रिय राजनीतिमा पुनः पुष्टि भएको छ ।’

राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनकै कारण ‘प्रतिगमन’लाई परास्त गर्न सफलता प्राप्त भएको दाबी गरेको छ । उसले यो गठबन्धनलाई प्रदेश तथा केन्द्रीय निर्वाचन सम्म सँगै लैजानुपर्ने निर्णय गरेको अध्यक्ष केसीले बताएका छन् ।

राष्ट्रिय जनमोर्चाले पाँच दलमा आवद्ध केही दलले एमाले सँग सहकार्य गर्दा एमालेलाई लाभ पुगेको पनि निष्कर्ष निकालेको छ । गठबन्धनका कारण राष्ट्रिय जनमोर्चालाई केही लाभ भएको भन्दै उसले पहिले गाउँपालिकाको नेतृत्व मात्र पाएकमा अहिले नगरपालिकाको नेतृत्व र सहनेतृत्वमा विजय हासिल गर्न सफल भएकामा खुशी व्यक्त गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports