प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईसीसी विश्वकप लिग–टू क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका नेपाली टोली अमेरिका प्रस्थान

468
shares

काठमाडौं ।अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–टू क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोली अमेरिका प्रस्थान गरेको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गरेर विदाइ गरेको थियो । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगाएतको टोलीले विदाइ गरे ।

अमेरिका जानुअघिको विदाई कार्यक्रममा कप्तान सन्दीप लामिछानले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे । ‘टोली सन्तुलित छ । हामी सबै पक्षमा तयार छौं । हामी एक दिवसीय मान्यतालाई जोगाउने भन्दा खेललाई सुखद बनाउने योजनामा हुनेछौं,’ उनले भने । धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि पनि अमेरिका भ्रमण निकै महत्वपूर्ण रहेको बताए । कप्तान लामिछानेले ब्याटिङ पक्षमा सुधार भएको र अमेरिका भ्रमणमा ब्याटिङ पक्षले जिताउनेमा आशवादी रहेको बताए ।

मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोली तयारी राम्रो भएको सुखद नतिजा निकाल्नमा आफू आशावादी रहेको प्रतिक्रिया दिए । पहिलो पटक शृंखलाका लागि नेपाली टोली अमेरिका गएको हो । अमेरिकामा नेपालले घरेलु टोली र ओमान सँग त्रिकोणात्मक शृंखला खेल्नेछ । शृंखला पूर्व नेपाली टोलीले अमेरिकामा त्यहाँका दुई क्लब सँग अभ्यास खेल खेल्ने तालिका छ । नेपालले पहिलो खेल ओमान सँग जुन ९ तारिखमा खेल्नेछ । त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिका सँग खेल्नेछ भने जुन १४ मा ओमान सँग दोस्रो खेल खेल्ने तालिका रहेको छ । यस्तै जुन १५ मा अमेरिका सँग दोस्रो खेल्ने छ ।

आईसीसी विश्वकप लिग-टू प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ । अहिले सम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजा बिहीन बनेको थियो । ओमान ४० अंक सहित शीर्ष स्थानमा छ । यसैगरी स्कटल्याण्ड २४ अंक सहित दोस्रो स्थानमा रहँदा युएई २२ अंक सहित तेस्रो स्थानमा रहेको छ । १२ खेल मात्र खेलेको नेपाल अहिले छैटौं स्थानमा छ । पपुवा न्युगिनीले २० खेलमा प्रतिस्पर्धा गर्दा एक मात्र जित निकाल्दै २ अंक जोडेर तालिकाको पुुछारमा छ । अमेरिका पाँचौं स्थानमा छ भने नामिविया चौथो स्थानमा छ । ७ मध्य शीर्ष ३ मा पर्ने टिमले अर्को वर्ष हुने विश्वकप क्रिकेटको छनोटका लागि स्थान बनाउने छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports