प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँच देखि १२ वर्ष मुनिका बालबालिकाका लागि आगामी असार १५ देखि कोभ्याक्स सुविधा मार्फत ८४ लाख फाइजर खोप आउँदै

559
shares

काठमाडौं ।सरकारले पाँच देखि १२ वर्षमुनिका बालबालिकाका लागि आगामी असार १५ देखि कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको छ । कोभ्याक्स सुविधा मार्फत बालबालिकाका लागि ८४ लाख फाइजर खोप निःशुल्क प्राप्त हुने भएपछि सरकारले असार १५ देखि दिने तयारी गरेको हो । पहिलो चरणमा १५ लाख खोप असार १५ भित्र आइसक्ने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिए ।

कोरोना विरुद्ध खोप अभियानमा नेपालले उल्लेखनीय प्रगति गरेको भन्दै कोभ्याक्स कार्यक्रम अन्तर्गत बालबालिकालाई निःशुल्क खोप उपलब्ध भएको डा. मरासिनीको भनाइ छ । ‘पहिलो चरणमा १५ असार सम्ममा बालबालिकालाई फाइजरको १५ लाख खोप आउने छ । हामी सँग खोपको भण्डारण क्षमता कम भएकाले एक पटकमा १० लेखि १५ लाख डोज पटक–पटक ल्याउने तयारी गरेका छौं’, डा. मरासिनीले भने, ‘विगतमा फाइजर खोप सञ्चालन भएका २१ जिल्लाका बालबालिकामा पहिला लगाइनेछ ।’

उनका अनुसार ५६ जिल्लामा फाइजर खोप पहिलो पटक सञ्चालन हुने भएकाले स्वास्थ्यकर्मीलाई तालिम दिने काम भइरहेको छ । स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार पाँच देखि ११ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिका छन् । उनीहरूलाई दुई मात्रा पुग्ने गरी ८४ लाख मात्रा खोप निःशुल्क आउने छ । कोभ्याक्सले बालबालिकालाई निःशुल्क खोप उपलब्ध गराएको विश्वमा नेपाल पहिलो देश हो ।

‘खोप खरीदका लागि साढे ६ अर्ब रुपैयाँ जति पर्छ । सिरिन्ज र घोलक पदार्थ नै कोभ्याक्स बाट नै आउँछ’, डा. मरासिनीले भने,’ कोभ्याक्स सुुविधा मार्फत निःशुल्क खोप आउने भएपछि सरकारको रकम जोगिएको छ ।’ १२ वर्ष माथिका व्यक्तिहरूलाई ०.३ एमएलका दरले खोप लगाए पनि पाँच देखि १२ वर्ष मुनिका बालबालिकालाई ०.२ एमएलका दरले खोप दिनुपर्छ । फाइजर खोप अल्ट्रा कोल्डचेन माइनस ४४ देखि ८० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports