विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल नागरिक उड्डयन प्राधिकरणले अब इनरुटमा मौसम सफा नभएसम्म उडान अनुमति नदिने

637
shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अब प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थल सहित ‘इनरुट’को मौसम सफा नभए सम्म जहाजहरुलाई उडान अनुमति नदिने भएको छ । आइतबार तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको मृत्यु भए सँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुनेछ ।

‘उडान सुरक्षालाई मध्यनजर गरी यो नियम कडाइका साथ लागू गर्ने निर्णय भएको छ’ उनले  भने । अहिले जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा भएको निश्चित भए पछि जहाजहरुलाई उडानको अनुमति दिने गरिएको छ । पछिल्लो निर्णयपछि अब जहाज उड्ने रुटको मौसम समेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने भएको छ । यसको कडाइका साथ पालना गरिने समेत कर्णले बताए ।

प्राधिकरणका अनुसार इनरुटको मौसम कस्तो छ भन्ने विवरण भने जल तथा मौसम विज्ञान विभागको तथ्यांकलाई आधार मानिनेछ । नेपालमा मौसमको पूर्वानुमान गर्ने आधिकारिक निकाले विभाग नै हो । त्यसो त हरेक वर्ष प्राधिकरणले कम्पनीहरुलाई मनसुन सर्कुलर समेत जारी गर्छ । यो वर्ष पनि एक साता अगाडि मात्रै प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई बोलाएर मौसमको समयमा गर्न हुने र नहुने काम बारे जानकारी गराएको थियो । प्राधिकरणको सर्कुलर अनुसार जहाजहरु कुनै पनि जोखिम मोलेर उडाउनु हुँदैन ।

आइतबार भएको तारा एयरको जहाज दुर्घटना बारे जाँच आयोग गठन भएको छ । दुर्घटनाको कारण सोही आयोगले पत्ता लगाउने छ । तर, तारा एयरको जहाज दुर्घटनामा प्रतिकुल मौसम मूख्यका कारण रहेको प्रारम्भिक अनुमान गरिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जानकारी गराएका थिए । सो क्षेत्रमा प्रतिकुल मौसमले आकस्मिक उद्धारमा समेत समस्या आएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports