विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नागरिकताका विषयका नीति निर्माणकर्ताको सोच साँघुरो रहेको सरोकारवालाको धारणा

923
shares

काठमाडौं ।नागरिकताका विषयका नीति निर्माणकर्ताको सोच साँघुरो रहेको सरोकारवालाले बताएका छन् । शुक्रबार महिला कानून तथा विकास मञ्चले आयोजना गरेको नागरिकता ऐन संशोधन विधेयक माथिको छलफल कार्यक्रममा विभिन्न सांसद र सरोकारवालाले नागरिकतालाई राष्ट्रियतासँग नजोडी व्यक्तिको अधिकारसँग जोड्नुपर्ने धारणा राखे ।

नेपाली कांग्रेसका नेता तथा सांसद मीन विश्वकर्माले नागरिकताको विषयमा संविधान खुकलो, ऐन साँघुरो बनाउन खोजिएकाले लाखौं नागरिक नागरिकता बाट बञ्चित हुनुपरेको बताए । दलहरुका शीर्ष नेता सहमत भएर संविधान बमोजिम आएको विधेयकलाई पास गर्ने गरी तयारी भइरहेको बताउँदै नेता विश्वकर्माले अहिलेकै सरकारले विधेयक पारित गर्ने दबी गरे ।

सांसद विमला विश्वकर्माले संविधानको भावना बुझन नसक्दा नागरिकता विधेयक लामो समय सम्म पनि नागरिकता सम्बन्धी विधेयक पारित हुन नसकेको बताइन् । नागरिकता विषयलाई धेरै नगिजोल्न र राष्ट्रिया सँग मात्र जोड्न उनले आग्रह गरिन् ।

सांसद समीना हुसेनले युवालाई नागरिकता बाट बञ्चित गराउँदा देशलाई ठूलो नोक्सानी भएको बताइन् । संविधानको व्यवस्था नागरिकले नागरिकता पाउनुपर्ने व्यवस्था गरी अन्यायमा परेका नागरिकलाई न्याय दिलाउनुपर्ने उनको भनाइ छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले पारित गरी प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयक अझै पारित हुन सकेको छैन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports