प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अछाममा किशोर मृत भेटिएको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोको टोली परिचालन

585
shares

अछाम ।अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर मृत भेटिएको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोको टोली परिचालन गरिएको छ । शनिवार कक्षा १० मा अध्ययनरत विनोद शाही जंगलमा मृत भेटिएका थिए । घटना अनुसन्धानमा सुदूरपश्चिम प्रदेशमा रहेको ब्यूरोको टोलीलाई पठाइएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले रातोपाटीलाई बताए । कञ्चनपुरमा निर्मला पन्त हत्या अनुसन्धानमा खटिएका डिएसपी मनोहर भट्ट नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।

विनोद पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थान स्थित मध्यपहाडी लोकमार्ग बाट १ किमी तल जंगलमा उनी मृत फेला परेका हुन् । आक्रोशित स्थानीयले प्रहरीलाई घटनास्थलमा जान रोकेका थिए । तर, अहिले शव घटनास्थल बाट निकालेर पोष्टमार्टम गर्न स्थानीय सहमत भएका छन् । अनुसन्धानको प्रक्रिया शुरु गरिएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले बताए । प्रजिअ मरासैनीले भने–‘चिकित्सक र अनुसन्धानमा संलग्न प्रहरी टोली घटनास्थलमा छन् ।’

नेपाली सेनाको सहयोग लिएर शवलाई डोरीले तानेर मध्यपहाडी लोकमार्गमा ल्याउने प्रयास भइरहेको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी मोहनकुमार आचार्यले बताए । शनिवार आक्रोशित समूहले इलाका प्रहरी कार्यालय विनायकमा तोडफोड गरेका थिए । स्थानीयले प्रहरीको ना.१ झ १२८६ नम्बरको गाडी तोडफोड गरेर पञ्चदेवल विनायक नगरपालिकामा तालाबन्दी गरेका छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर र ४ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

बलबहादुर शाहीको छोरा १७ वर्षीय मृतक विनोदबहादुर शाहीको मोबाइल शव भन्दा माथि मध्यपहाडी लोकमार्गमा भेटिएको छ । उनले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा भेटिएको छ । उनी जेठ १७ मा राति रिठा टोल बाट हराएका उनको परिवारले प्रहरीलाई जानकारी गराएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports