प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीहरुको नाम

728
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए ।

उनका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।

यसअघि एकीकृत समाजवादी बाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, शहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports