प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजको हो ? : सांसद पोखरेल

637
shares

काठमाडौं ।सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजको हो ? भनी सरकारलाई प्रश्न गरेका छन् । नेपाल र अमेरिका बीच स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता हुन लागेको र उक्त सम्झौता मार्फत नेपाल सैनिक र रणनीतिक कार्यक्रमहरुमा जोडिन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको उनको भनाइ छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटको मन्त्रालयगत शीर्षक माथिको छलफलमा सांसद पोखरेलले नेपाल र अमेरिका बीच हुन लागेको सैन्य भ्रमणको उद्देश्य र एजेण्डा बारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताए । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लिन चार दिने नेपाल भ्रमणमा आउँदैछन् । ए फ्लिन भारतीय सेनाका अधिकारीहरु सँग छलफलपछि नेपाल आउन लागेको भन्दै उनले आशंका व्यक्त गरे ।

केही समयपछि इन्डो प्यासिफिकका प्रमुख जोन लिनोले पनि नेपाल भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ । त्यसपछि नेपाली सेनाका सेनापतिले अमेरिका भ्रमण गर्ने र लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी भ्रमण गर्ने तय भएको सूचना आएको उल्लेख गर्दै सांसद पोखरेलले भ्रमणहरुको उद्देश्य र एजेण्डा बारे जानकारी मागेका हुन् । ‘अमेरिकी सेनाहरुको नेपाल भ्रमण र नेपाली सेनाहरुको अमेरिकी भ्रमणको उद्देश्य र एजेण्डा बारे सरकारले सदनलाई जानकारी गराउनुपर्दैन ? अविलम्ब सदनलाई जानकारी गराइयोस् भन्ने माग गर्छु’ उनले भने ।

आफूले अमेरिकी र नेपाली सेना बीच स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता हुन लागेको सुनेको उल्लेख गर्दै उनले भने, ‘यो स्टेट पार्टनरसिप प्रोग्राम भनेको के हो ? यसबारे सरकारको धारणा के छ ? स्टेट पार्टनरसिप प्रोग्रामको नाममा सैनिक र रणनीतिक कार्यक्रमहरुमा जोडिन खोजिएको हो ?’ स्टेट पार्टनरसिप प्रोग्रामको माध्यम बाट विस्तारै अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपाललाई सामेल गराउने विज्ञहरुले उठाइराखेको भन्दै उनले यसबारे सदनलाई स्पष्ट पार्न सरकारलाई आग्रह गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports