आन्तरिक राजश्व वृद्धि गरी मुलुकलाई आत्मनिर्भर नबनाए सम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था आइरहन्छ : अर्थमन्त्री
वि.सं.२०७९ जेठ २७ शुक्रवार १४:०१
shares
sf7df8f}F, !% h]7 M cy{dGqL zdf{åf/f ah]6 jfrg ;'? cy{dGqL hgfb{g zdf{ k|ltlglw;efsf] cfOtaf/sf] a}7sdf cfj )&(÷*) ah]6 k|:t't ub}{ . tl:a/M /Tg >]i7÷/f;;
काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व वृद्धि गरी मुलुकलाई आत्मनिर्भर नबनाए सम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था आइरहने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकसित बाट विकासोन्मुखमा स्तर उन्नती गर्ने लक्ष्य राखेकाले त्यसका लागि अर्बौं लगानी गर्नु पर्ने उनको भनाइ छ । सरकारले सन् २०२६ सम्म विकसित मुलुक बनाउने लक्ष्य पूरा गर्न ऋण लिनु पर्ने आवश्यक रहेको मन्त्री शर्माले बताए । उनले परियोजनाहरुमा ऋण लिने र खर्च गर्ने परिपाटी बदल्नु पर्ने आवश्यकता रहेको बताए । सरकारले लिएको धेरै ऋण उत्पादन मुलक नभएर खर्च बढाउने खालको रहेको उनको भनाइ थियो ।
मन्त्री शर्माले अहिले आन्तरिक र वाह्य ऋण गरी १७ खर्ब ३७ अर्ब ऋण रहेको बताए । सरकारले यो वर्ष मात्र ४० देखि ४५ अर्ब रुपैयाँ ऋण भुक्तानी गर्न लागेको मन्त्री शर्माको भनाइ छ । उनले ऋण भुक्तानी गर्नु परेकाले अहिलेको बजेटमा पूँजीगत खर्च भन्दा चालुु खर्चमा वित्तीय व्यवस्थापन धेरै भएको बताए ।





































