नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पोखराको बिरौटा सबस्टेसनमा अवरोध हटाइदिन प्रदेश सरकार र स्थानीय निकाय सँग कुलमानको आग्रह

494
shares

काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरा महानगर १७ बिरौटा सबस्टेसनको अवरोध हटाइदिन प्रदेश सरकार र स्थानीय निकाय सँग आग्रह गरेका छन् । पोखराको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा प्राधिकरणले प्रस्तावित सबस्टेसन निर्माण अघि बढाएको थियो । तर स्थानीयले ३/४ वर्ष देखि अवरोध गरिरहेको भन्दै उनले १३२/११ केभी सबस्टेसनको निर्माण तत्काल अगाडि बढाउन नसकिए अहिलेको क्षमताले नधानेर पोखरामा बाध्यात्मक लोडसेडिङ गर्नु पर्ने अवस्था आउने बताए ।

घिसिङले गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री आचार्य र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई सबस्टेसन स्थानीयको अवरोध हटाउन आवश्यक पहल गरिदिन आग्रह समेत गरे । ‘सबस्टेसन निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग सहयोग गर्न तयार छ, तर स्थानीयको अवरोधका कारण प्रारम्भिक वातावरणीय परीक्षण गर्न सकिरहेका छौं, यसले गर्दा सहायत सम्झौता समेत हुन सकेको छैन, सबस्टेसन निर्माण बाट स्थानीयले भने जस्तो कुनै नकारात्मक असर पर्दैन’ घिसिङले भने ।

महानगरपालिका प्रमुख आचार्यले सबस्टेसन निर्माण र विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न पोखरामा सञ्चालित आयोजनाको कार्यान्वयनमा सक्दो सहयोग र आवश्यक सहजीकरण गर्ने बताए । प्राधिकरणले कालीगण्डकी–लेखनाथ १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई बिरौटामा सबस्टेसन बनाएर पोखराको सहरी क्षेत्रमा आपूर्ति गर्ने छ । प्रसारण लाइन बाट सबस्टेसन सम्म करिब ६ सय मिटर लाइनलाई भूमिगत गरिने छ । सबस्टेसन निर्माणका लागि बिरौटा स्थित फेवा विद्युतगृहको जमिन प्रयोग गरिने छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports