बजेट पारित भएपछि प्रदेश १को नाम राख्न कांग्रेस-एमाले सहमत
वि.सं.२०७९ जेठ ३० सोमवार ०८:२८
shares

विराटनगर ।प्रदेश १ को बजेटपछि प्रदेशको नाम टुङ्गो लगाउने नेकपा एमाले र कांग्रेस बीच सहमति भएको छ । आइतबार प्रदेशसभा बैठकपछि एमालेले नामकरणका लागि सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक हिक्मत कार्की र कांग्रेस संसदीय दलका नेता राजीव कोइराला बीच भएको छलफलमा बजेटपछि प्रदेशको नाम राख्ने सहमति भएको हो ।
उनीहरुले जारी अधिवेशन बाटै नाम राख्न सहमत भएका हुन् । एमाले नेता कार्कीले जारी अधिवेशन बाट नाम टुङ्गो लगाउने सहमति भएको बताए । आजै संसद बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले एमाले नाम टुङ्गो लगाउन सकारात्मक भएका कारण सहकार्य गर्न सत्तापक्षलाई आग्रह गरेका थिए ।


































