नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कैलाली जिसस गठनको लागि मतदान शुरू, मेयर हमाल निर्णायक

585
shares

धनगढी ।कैलालीमा जिल्ला समन्वय समिति गठनका लागि मतदान सुरू भएको छ । बिहान साढे ७ बजे देखि मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिलो भोट गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले हालेका छन् । जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्ता गठबन्धनमा आबद्ध दल बीच तालमेल भएको छ भने एमाले र नागरिक उन्मुक्ति पार्टीले छुट्टै तालमेल गरेका छन् ।

समितिको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरीको उमेदवारी छ । जिल्लामा १३ पालिकाका २६ जना मतदाता छन् । तर, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णय पछि मतदाता संख्या २५ मा झरेको छ ।

२५ जना मध्ये सत्ता गठबन्धनका १२ जना छन् । अर्काे तर्फ कैलालीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले तालमेल गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका ७ र एमालेका ५ मतदाता जोड्दा उनीहरूको पनि १२ पुग्छ । यस्तो अवस्थामा धनगढी उपमहानगरपालिकामा स्वतन्त्र जितेका गोपाल हमाल जिसस चुनावमा निर्णायक हुने देखिएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports