नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालको शासन सत्ता सेनाको हातमा बुझाउने प्रयास भैरहेको त छैन भन्ने सांसद नारदमुनि रानाको प्रश्न

481
shares

काठमाडौं ।नेकपा एमालेका सांसद नारदमुनि रानाले नेपालको शासन सत्ता सेनाको हातमा बुझाउने प्रयास भैरहेको त छैन ? भनेर प्रश्न गरेका छन् । आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै रानाले यो प्रश्न गरेका हुन् । विगतमा राजाको हातमा सत्ता बुझाएको इतिहास रहेको बताउँदै उनले भने, ‘कतै सेनाको हातमा नेपालको शासन सत्ता बुझाउने प्रयास त भैरहेको छैन ?’

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा भारत जानु र अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डका प्रमुख जेनरल चार्ल्स ए फि्लन नेपाल आउनु संयोग मात्र हो कि होइन भनेर पनि उनले प्रश्न गरे । ‘नेपालको फस्ट लेडी भारत जानु र अमेरिकी सेनाको एशिया प्यासिफिक प्रमुख नेपाल आउनु संयोग मात्रै हो ? के चैन सँग नेपालीले सुत्न पाउने समय आउँदै छ ?’ उनले प्रश्न गरे ।

अमेरिकी सहयोग परियोजना एमसीसीको सन्दर्भमा उनले कुनै पनि सहयोग कसैको लाभका लागि नभई समग्र राष्ट्रको हितमा हुनुपर्ने बताए । अहिले नेपालको परराष्ट्र नीति र गतिविधि हेर्दा सरकार स्वयंले संविधानको पालना नगरेको पाइएको भन्दै उनले जनप्रतिनिधिको रुपमा आफूलाई लज्जाबोध भैरहेको बताए । युक्रेन बारे आन्तरिक विषयमा नेपाल जबर्जस्त होमिनु समर्थन गर्नु वा विरोध गर्नुको तुक नभएको पनि उनले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports