एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठ बीच बाम गठबन्धनका विषयमा भेटघाट
वि.सं.२०७९ जेठ ३० सोमवार १४:०१
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बीच बाम गठबन्धनका विषयमा छलफल भएको छ । आइतबार साँझ ओलीलाई भेट्न श्रेष्ठ ओली निवास बालकोट पुगेका थिए । झण्डै साढे २ घण्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको उनीहरु निकट स्रोतले बताएको छ ।
दुई नेता बीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलन बारे छलफल भएको थियो । ‘राष्ट्रियताको बारेमा इतिहासमा नभएको संकट देखा पर्यो देश कसरी बचाउने भन्ने बारेमा कुराकानी भयो,’ श्रेष्ठ निकट एक नेताले भने, ‘एमसीसी संसद विघटन, पार्टी विभाजन लगायत बारे छलफल भएको छ तर कुनै पनि विषयमा ठोस निष्कर्षमा पुग्न सकिएन ।’
नेता श्रेष्ठले पनि ओली सँग आफ्नो भेट भएको पुष्टि गरे । तर भेटमा भएको कुराकानी बारे बताउन भने चाहेनन् ।



































