प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वतन्त्र बाट मेयर जितेका गोपाल हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन विजयी

637
shares

कैलाली ।कैलालीको धनगढी उपमहागरपालिकामा स्वतन्त्र बाट मेयर जितेका गोपाल हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन विजयी भएको छ ।समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् ।

१३ वटा स्थानीय तह रहेको कैलालीको जिससमा नागरिक उन्मुक्ति र एमाले गठबन्धन गरेका थिए । उनीहरु दुई दलको १२ मत थियो । यस्तै सत्तारुढ गठबन्धनको पनि समान १२ मत थियो । तर निर्णायक मानिएका हमालले सत्तारुढ गठबन्धनलाई मत दिएकाले कलेल र भुसाल विजयी भएका हुन् ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भने जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न पाएनन् । निर्वाचन आयोगले आइतबार कैलालीका मुख्य निर्वाचन अधिकृतलाई एक पत्र लेखी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनलाई गाउँपालिका अध्यक्षको हैसियतमा कुनै अधिकार प्रयोग गर्न नदिन भनेको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports