प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिसस गोरखाको प्रमुख,उपप्रमुख सहित सदस्यहरुमा माओवादी केन्द्र निर्विरोध निर्वाचित

806
shares

गोरखा ।जिल्ला समन्वय समिति गोरखाको नयाँ कार्यसमितिमा प्रमुख,उपप्रमुख सहित सदस्यहरुमा माओवादी केन्द्र निर्विरोध निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचन बाट प्रमुख,उपप्रमुख सहित सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला समन्वय समितिको प्रमुखमा गोरखा नगरपालिकाका मोहन बहादुर थापा मगर र उपप्रमुखमा शहिद लखन गाउँपालिकाकी लिला परियार चयन भएका छन् ।यस्तै सदस्यहरुमा मोहन ढकाल (बारपाक सुलिकोट), मोहम्मद हकिम (भीमसेन थापा), शिवप्रसाद रेग्मी (गण्डकी), इन्दिरा देवकोटा (अजिरकोट), मिरा उपरकोटी (सिरानचोक), परमिना घले (धार्चे), गंगाबहादुर बयलकोटी (पालुङटार) चयन भएका छन् ।

सबै पदमा माओवादी केन्द्रका उम्मेदवारहरुको एकल उम्मेदवारी परेको थियो । नवनिर्वाचित जिसस प्रमुख मगरलाई मुख्य निर्वाचन अधिकृत दिनवन्धु बरालले सपथ ग्रहण गराएका छन् ।सोमवार जिसस हलमा आयोजित एक कार्यक्रमका बिच सपथ ग्रहण गराइएको हो । लगतै जिसस प्रमुख मगरले उपप्रमुख र सदस्यहरुलाई सथप ग्रहण गराएका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports