प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारका सर्मथनहरूलाई कारबाहि गरेको भन्दै राजश्व अनुसन्धान बिभागका महानिर्देशकलाई गरे अर्थमन्त्रीले सरूवा, अर्को महानिर्देशकको खोजी जारी

585
shares

काठमाडौं ।राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । विभागमा नयाँ महानिर्देशक नतोकिंदै पौडेलले सोमबार विभाग बाट सरुवाको रमना लिएको विभाग स्रोतले बतायो ।

पौडेलले गत असोज १८ गते विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए । पौडेल त्यसअघि वाणिज्य विभागको महानिर्देशक थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको उक्त कार्यालयमा नयाँ महानिर्देशकको टुंगो अझै लागेको छैन । तर उनले भने आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्दै विभाग बाट विदा लिएका छन् ।

राजश्वमा ८ महिना १२ दिन काम गरेका पौडेलले लामो समय देखि अड्किएको बहुराष्ट्रिय कम्पनी कोकको पूँजीगत लाभकरी छली मुद्धाको अनुसन्धान टुंग्याएर अदालतमा पेश गरेका थिए । उनकै पालामा नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबारको सञ्जाल माथि कारबाही सुरु भएको थियो । सोमबार विभाग बाट एक धन्यवाद नोट जारी गर्दै पौडेलले ८ महिना अवधिमा विभागले २१ अर्ब ७१ करोड बिगो बराबरको राजश्व छलीको मुद्दामा २ सय ८१ जना विरुद्ध मुद्दा दायर गरेको जानकारी दिए ।

‘विगत ८ महिनामा बहुराष्ट्रिय कम्पनीहरुको पूँजीगत लाभकर छलीको विषयका साथै क्रिप्टोकरेन्सी, नक्कली अन्तशुल्क स्टिकर लगायत क्षेत्रमा धेरै अनुसन्धान गरेको थियो’ विभागको प्रेस नोटमा भनिएको छ । विभागले ८ महिनामा राजश्व चुहावट तर्फ २०३ प्रतिवादी विरुद्ध ६९ वटा मुद्दामा १० अर्ब ३० करोड ६५ लाख ४३ हजार रुपैयाँ बराबरको बिगो तथा सोही रकम बराबरको जरीवाना गरी कुल २० अर्ब ६१ करोड ३० लाख ८६ हजार रुपैंया बराबरको मुद्दा अदालतमा दर्ता गरेको थियो ।

यस्तै विदेशी मुद्राको अपचलन तर्फ ७८ प्रतिवादीका विरुद्ध ४६ वटा मुद्दा मार्फत विभागले १ अर्ब १० करोड २१ लाख ४७ हजार रुपैंया बिगो दाबी गरेको थियो भने भीसीटीएसमा ६६८ फर्म तथा सवारी साधन कारबाहीमा पर्दा ३ करोड ४३ लाख २६ हजार रुपैयाँ राजश्व संकलन गरेको विभागले विभागले जनाएको छ । विभागले गरेको अनुसन्धानमा यस अवधिमा ७ जना सरकारी कर्मचारी समेत अनियमिततामा मुछिएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports