२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नियमन गर्न अब एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन ल्याउने

663
shares

काठमाडौं ।सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नियमन गर्न अब एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन ल्याउने भएको छ । मन्त्रालयको विनियोजित बजेट शीर्षक माथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा स्वास्थ्य तथ जनसंख्यामन्त्री खतिवडाले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन सम्बन्धी मस्यौदा तयार भइसकेको बताए ।

सबै सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अब सरकारले एउटै ऐन बाट चलाउने भएको छ ।‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन सम्बन्धी मस्यौदा तयार भइसकेको छ । अब सबै प्रतिष्ठानमा भिसी रहेर झञ्झट हुने भन्दा पनि एउटा भिसी राखेर छाता ऐन ल्याएर सबै प्रतिष्ठानलाई सञ्चालन गर्ने गरी मस्यौदा तयार भएको छ । त्यसलाई अन्तिम रुप दिन बाँकी छ’, मन्त्री खतिवडाले भने ।

सरकारले आर्थिक भार कम गर्न र शैक्षिक कार्यक्रममा एक रुपता ल्याउनका लागि सबै प्रतिष्ठानको प्रशासनिक नेतृत्व एउटा उपकुलपति र रजिष्ट्रारले हेर्ने गरी एकीकृत छाता ऐन ल्याउन लागेको हो । हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, राप्ती, कर्णाली, पोखरा, पाटन, मदन भण्डारी, मधेश, र बीपी कोइराला लगायतका स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् । ती सबै प्रतिष्ठानले शैक्षिक कार्यक्रम र परीक्षा प्रणाली आ आफ्नै तरिकाले सञ्चालन गरिरहेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports