प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभा विघटन कुनै पनि हिसाबले क्षम्य नभएको घनश्याम भूसालको टिप्पणी

1.12K
shares

काठमाडौं ।नेकपा एमालेका नेता घनश्याम भूसालले प्रतिनिधिसभा विघटन कुनै पनि हिसाबले क्षम्य नभएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कम्युनिस्ट आन्दोलन, संकट र अबको बाटो विषयक कार्यक्रममा बोल्दै उनले संविधानमा संसद विघटन गर्न नपाइने व्यवस्था गरेकाले संसद विघटन क्षम्य हुन नसक्ने बताएका हुन् ।

‘संसद २०१७ मा राजाले हानेर के भयो ? २०४८ पछि दरबार, माओवादी र भारतको तारो भएर अकालमा संसद मरेको थियो । संसद विघटन गर्न नपाइने भनेर संविधानमा लेख्यौं । संसद विघटन क्षम्य हुनै सक्दैन’, उनले भने, ‘बच्चाको टाउको लिखा पर्‍यो भनि पेट्रोल छर्केर जे जे गर्न पर्ने हो गरियो ।’ उनले अहिले कम्युनिस्ट पार्टीहरु आफ्नै कारणले खुम्चिनुपरेको पनि बताए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तीन कम्युनिस्ट पार्टी एक ठाउँमा रहेका भए स्थानीय ५७५ पालिकामा जित निकाल्ने उनले दाबी गरे ।

‘५७५ सिट जित्थ्यौं । ५७५ सिट जितेको पार्टीले आउँदो मंसिरको निर्वाचन कसरी प्रतिक्षा गरेको हुने थियो ? अहिले हामी चुनाव भन्ने वित्तिकै के हो/के हो भन्‍ने ठाउँमा छौं’ उनले भने ।तत्कालिन नेकपा बाट विभजित तीन दलले पाएको सीट जोड्दा पनि कांग्रेसको भन्दा बढी मत भएको उनले सुनाए । सबैको जोड्दा बढी सिट हुने भए पनि कम्युनिस्टहरु त्रसितकै अवस्थामा रहेको बताए ।

‘१२२ वाला (माओवादी केन्द्र) शेरबहादुर देउवाको डोली बोकेर थाकेको छैन’ भूसालले भने, ‘चुनावअघि यसो हेर्‍यौं हामी जित्छौं भन्यौं । चुनावको अलि अलि नतिजा आउन थालेपछि अन्तर्घात भयो भन्यौं । त्यसपछि धाँधली भएर यस्तो भएको भन्यौं ।’ एमालेले सारा मानिसहरुलाई झुठ बोलेको भन्दै नेता भूसालले माथि झगडा गरेका कारणले परिणाम राम्रो ननिस्केको भनेर सत्य बोल्न नसकेको उनको भनाइ छ । ‘वामपन्थी मोडेल दिन सक्थ्यौं, हामीले गुमायौं । यस्तो नुन खाएको कुखुरा जस्तो हुनुपर्ने थिएन’ भूसालले भने।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports