नेकपा एमालेद्धारा संसद बहिस्कार
वि.सं.२०७९ असार २ बिहीवार १४:०६
shares

काठमाडौं ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बहिस्कार गरेको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानविन समिति गठन माग गरेको थियो ।
तर सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन बजेट माथि उठेका प्रश्नमा जवाफ दिन समय दिए । अर्थमन्त्री बोलेपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले बोले । शर्माको जवाफ सुन्न लायक नभएको भन्दै संसद बहिस्कार गर्ने बताए । लगतै एमाले सांसदहरु संसदबाट बाहिरिएका छन् ।








































