२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाजुराको बुढीगंगामा असार २३ मा निर्वाचन हुने

897
shares

बाजुरा ।बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन गर्ने सर्वदलीय सहमति जुटेको छ । वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले वीच विवाद हुँदा मतदान स्थगित गरिएको थियो ।

बिहीबार बसेको सर्वदलीय बैठकमा असार २३ मा पुनः निर्वाचन गर्ने सहमति बनेको हो । निर्वाचनमा कांग्रेस र एमालेले धाँधली गरेको आरोप लगाएपछि मतदान स्थगित गरिएको थियो ।

निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनः निर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । निर्वाचन पुन हुनुपर्ने माग गर्दै अदालतमा मुद्धा समेत दायर भएको थियो ।

बुढीगंगा नगरपालिकामा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमालेका उम्मेदवार छन् । कांग्रेसले मेयरमा रंग खाती र एमालेले रामबहादुर बानियाँलाई मेयरको उम्मेदवार बनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports