यस्तो छ एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको दुई दिने भेलाले जारी गरेको २० बुद्धे संकल्प प्रस्ताव
वि.सं.२०७९ असार ३ शुक्रवार १५:२५
shares

काठमाडौं ।नेकपा एमालेका तर्फ बाट निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन् । बिहीबार देखि सुरु राजधानीमा आयोजित २ दिने भेला बाट उनीहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन् ।
जारी संकल्प पत्रमा उनीहरुले आफुहरु शासक होइन, जनताको सेवक बन्ने, आफुहरुको नेतृत्वमा रहेका पालिकाहरुमा सुशासनका नमूना बनाउने, सदाचारमा नमूना बन्ने, कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका बुँदाहरु रहेका छन् । संकल्प पत्रमा सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढंगले र सार्वजनिक हितमा प्रयोग गरिने समेत उल्लेख छ ।






























