सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कमल थापाले भने एसपीपीमा सहभागी हुँदैनौं भनेर प्रधानमन्त्रीले अमेरिकालाई चिठ्ठी लेख्न सक्नु पर्दछ

468
shares

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल सहभागी नहुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र लेख्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विश्वको सर्वोच्च शिखर सगरमाथामा राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’ सहितको झण्डा फहराउने पर्वतारोहीहरुलाई ‘चन्द्रस्मृति विशिष्ट प्रतिभा सम्मान’ हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले नेपाल कुनै पनि हालतमा स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुन नहुने बताए । उनले प्रधानमन्त्री देउवालाई एसपीपी नेपालको लागि आवश्यक छैन भनेर अमेरिकालाई पत्र लेख्न आग्रह गरे । अध्यक्ष थापाले एसपीपीको सम्बन्धमा विवाद देखिएको उल्लेख गर्दै विवादको निराकरणका लागि अमेरिकालाई पत्र लेखेर यस बाट अलग हुनुपर्ने धारणा राखे ।

उनले भने, ‘नेपालको भूराजनीतिक संवेदनशीलतालाई दृष्टिगत गर्दै नेपालले कुनैपनि हालतमा यो स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुनु हुँदैन । यो कार्यलाई अघि नबढाउनको निमित्त म प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई आग्रह गर्न चाहन्छु । यस सम्बन्धमा अहिले जुन किसिमको चर्चा चलिराखेको छ, जुन किसिमको विवादहरु चलिराखेको छ । यो विवादको निराकरण चाँडो भन्दा चाँडो गरिनुपर्दछ । एसपीपी बाट अलग हुन चाहन्छौ भन्ने पत्र तत्काल लेख्नको निमित्त म आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष थापाले नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको चलखेल केन्द्रको रुपमा देखा पर्न थालेको बताए । उनले नेपालको दुवै छिमेकी मुलुकहरु चिन र भारत सँगको सम्बन्ध राम्रो अवस्थामा नरहेको बताए । सरकारको क्रियाकलापका कारण चिनले नेपाललाई आशंकाको दृष्टिले हेर्न थालेको उनको भनाई छ । उनले छिमेकी मुलुकहरु सँगको सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिदैँ छिमेकीहरुलाई नचिढ्याउन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

उनले भने, ‘नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल केन्द्रको रुपमा देखापर्न थालिराखेको छ । भारतले नेपाललाई विश्वास गरिराखेको छैन । यस्तो अवस्थामा दुवै छिमेकी सँग सम्बन्ध बिगारेर नेपालको बृहत्तर आर्थिक साथसाथै सुरक्षाको मामिलामा पनि सरकारले जटिल अवस्थाको सिर्जना गरिराखेको छ । छिमेकी मित्र राष्ट्रहरु सँगको सम्बन्धलाई सुदृढ गर्नको निमित्त छिमेकीहरुलाई चिढ्याउने काम नगर्नको निमित्त पनि म सरकारलाई आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष थापाले अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा करको दर हेरफेर गर्न असम्बन्धित र गैरजिम्मेवार व्यक्तिहरुलाई संलग्न गराउनु जघन्य अपराध भएको टिप्पणी गरे । उनले उक्त कार्य आर्थिक अपराध, असंवैधानिक र गैरजिम्मेवारपूर्ण भएको बताए । उनले अर्थमन्त्री शर्माले अहिले सम्म राजीनामा नदिएको तथा प्रधानमन्त्रीले नहटाएको भन्दै आश्चर्य प्रकट गरे । उक्त कार्य संवैधानिक, नैतिक र राजनीतिक दृष्टिकोण बाट आपत्तिजनक भएको उनको भनाइ छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports