सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अहिले देशमा सबै सँग मिलेर जाने प्रवृति र एक्लो वीर बन्ने प्रवृति बीचको लडाईं चलिरहेको छ : प्रचण्ड

923
shares

चितवन ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी र इन्डो प्यासिफिक स्ट्राटिजी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा नै घुसाइएको दावी गरेका छन् ।

चितवनको भरतपुरमा समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा सम्वन्धी कार्यक्रममा उनले भने, ‘म हिजो एउटा कार्यक्रममा एसपीपी केपी ओलीकै पालामा भएको हो भनेर बोलेर हिडे, दिउँसो संसदमा एमालेको एक जना वरिष्ठ नेता भन्नेले खै प्रमाण देखाउ भनेछन्, त्यसको चार घण्टा पछि छ त्यो कुराको पुष्टि नै भयो ।’ एसपीपीमा सहभागी हुनका लागि नेपाली सेनाले केपी ओली प्रधानमन्त्री भएकै बेला पठाएको पत्र सार्वजनिक भएको थियो ।

प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचन पछि पनि अहिलेको गठबन्धन कायम रहने बताए अध्यक्ष प्रचण्डले भने ‘अहिलेको गठबन्धन प्रदेश र संघको निर्वाचन पछि शान्ति प्रकृयाका बाँकी काम समेत पूरा गर्ने गरी अगाडि जान्छ ।’ स्थानीय तहको निर्वाचन कसले जित्यो कसले हार्‍यो भन्ने कुरा आफ्नो दिमागमा नरहेको भन्दै प्रचण्डले भने, ‘कांग्रेसले जिते पनि आफैँले जिते जस्तो लाग्छ, माओवादीले जिते पनि आफैँले जिते जस्तो लाग्छ, एमालेले जिते पनि आफैँले जिते जस्तो लाग्छ, खै मलाई के भएको हो यस्तो ? ‘ उनले अहिले देशमा सबै सँग मिलेर जाने प्रवृति र एक्लो वीर बन्ने प्रवृति बीचको लडाईं चलिरहेको बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports