सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसपीपीको विषयमा नेपाली सेना विवादमा पर्नु दुखद : महामन्त्री शर्मा

507
shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विषयमा नेपाली सेना विवादमा पर्नु दुखद भएको बताए ।नेपाल शिक्षक संघ ललितपुरले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा कुटनीतिक अभ्यास भन्दा बाहिर बाट गतिविधि हुँदा नेपाली सेना पनि विवादमा परेको बताएका हुन् ।

‘…यस्तो प्रकारको कूटनीतिक प्रक्रिया भन्दा बाहिर गएर गरिने अभ्यास निरन्तर भयो भने देशका लागि दुःखद हुन्छ । अहिले सम्म विवादमा नपरी आएको नेपाली सेनालाई यो प्रकारको संलग्न हुने, पहिलेको नेतृत्व संलग्न हुने, अहिलेको नेतृत्व सुसूचित नहुने अनि विवादमा तानिने घटनाक्रम सुन्दर संकेत होइन’ उनले भने । अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा एउटा सरकारको पालामा पत्राचार हुनु र अर्को सरकारले थाहा नपाउनु कुटनीतिक अभ्यासमा गम्भीर नहुनुको उदाहरण भएको शर्माले बताए ।

‘यसले २/३ वटा कुरालाई सार्वजनिक रुपमा क्लिएर गरेको छ । एउटा, हामी कति कूटनीति अभ्यासको बारेमा गम्भीर रहेनछौं । कुनै पत्र लेखिन्छ । पत्र लेखिँदै गर्दा पत्र पुगिसक्छ । पत्र पाउनेले पाईसक्छ । लेख्नेले लेखिसक्छ । न तपाई थाहा पाउनुहुन्छ, न म थाहा पाउँछु । न सरकारले थाहा पाउँछ’ उनले भने । यस्तो प्रवृत्ति मुलकका लागि सुन्दर संकेत नभएको शर्माले बताए । ‘…अहिले प्रश्न एसपीपी आयो र गयो भन्ने होइन । यो खालको प्रवृत्ति एउटा समुन्नत राष्ट्र बन्नका लागि, सफल बन्ने राष्ट्रका लागि सुन्दर संकेत होइन’ उनले भने ।

यस्ता विषयमा एउटा दलले अर्कोलाई खसाल्ने खालको अभिव्यक्ति दिँदा राष्ट्रिय एकता कमजोर हुने महामन्त्री शर्माको भनाइ छ । ‘यस्तो विषयबस्तु आउँदै गर्दा एकले अर्कोलाई खसाल्ने ढंगले अभिव्यक्तिहरु आउने कुराले राष्ट्रिय एकतालाई बलियो बनाउने होइन, कमजोर बनाउने र यस्ता विषयहरुलाई राजनीतिको शिकार बनाउने कुराले समुन्नत राष्ट्र बनाउने कुरामा बाधा पु¥याउँछ’ उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports