२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

832
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाको आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । सोही नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९/८० को बजेट आउने छ ।

स्वतन्त्र उम्मेदवार बनेर राजनीतिक दलका उम्मेदवारलाई हराउँदै मेयर पद जितेका मेयर बालेन्द्र साह (बालेन)को नेतृत्वमा कस्तो नीति तथा कार्यक्रम र बजेट आउला भन्ने चासो छ ।नगरसभामा मेयर साह अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम पास गराउन राजनीतिक दल बाट उम्मेदवार बनेर चुनिएका जनप्रतिनिधिहरुको साथ चाहिने छ ।

यसै बीच नीति तथा कार्यक्रम बारे छलफल गर्न आज बिहान काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक बसेको थियो । अघिल्ला बैठकहरु लाइभ गर्दै आएको महानगरपालिकाले आजको बैठक भने लाइभ गरेन । बैठक अनौपचारिक भएकाले लाइभ नगरिएको मेयर साहको सचिवालयले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports