२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा हात हालाहाल

1.26K
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा हात हालाहाल भएको छ । आइतबार तीनकुनेस्थित रोयल व्यांक्वेटमा तेस्रो केन्द्रीय समितिको बैठक बस्नुअघि विवाद सुरु भएको थियो । पदाधिकारी चयनमा असन्तुष्ट विद्यार्थी नेता पवन कार्कीको समूहले हलमा नाराबाजी गरेपछि तनाव सुरु भएको र हातहालाल नै भएको प्रत्यक्षदर्शी नेताहरुले बताएका छन् । विवादले उग्र रूप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बल प्रयोग गरेर बैठक स्थल खाली गराएको थियो।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भने संगठन भन्दा बाहिरका मान्छेहरु आएर हुलहुज्जत गरेकाले विवाद भएको भन्दै बैठक अब बस्न लागेको बताइन् । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । यद्यपि विवादपछि प्रचण्ड आउने वा नआउने टुंगो छैन । पदाधिकारी चयन उचित तरिकाले नभएको भन्दै अखिल क्रान्तिकारी भित्र नेता पवन कार्कीले समानान्तर गतिविधि अगाडि बढाइरहेका थिए । अनुशासनहीन काम गरेको भन्दै अखिल क्रान्तिकारीले कार्कीलाई संगठन बाट निलम्बन गरेको थियो ।

बढ्दो विवाद बीच माओवादी नेताहरुले हस्तक्षेप गरेर मिलाउने कोसिस गरेका थिए । माअ‍ोवादी केन्द्रको पूर्व स्थायी समिति बैठकले विवाद मिलाउन निर्देशन दिएपछि पदाधिकारी बैठक बसेर विवाद समानको कोशिस गरिएको थियो । दुई दिनको पदाधिकारी बैठकपछि विवाद मिलेको भन्दै अखिल क्रान्तिकारीले कार्की माथिको कारवाही फिर्ता लिएको थियो भने कार्कीले समानान्तर गतिविधि नगर्ने प्रतिवद्धता जनाएका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports