२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालका बलर चम्किँदा १४ रनमा समेटियो बहराइन

793
shares

काठमाडौं ।मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा नेपालले बहराइनलाई जम्मा १४ रनमा रोकेको छ । नेपालका बलर कविता कुँवर र अस्मिना कर्मचार्य चम्किंदा बहराइन सस्तैमा समेटिएको हो ।

खेल वर्षाका कारण ७–७ ओभरमा घटाइएको छ । मलेसियाको किनरारा ओभलमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । कविता, अस्मिना र सबनम तीन बलरले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटे । बहराइनका लागि इसारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । सशिकल प्रकाश २ र प्रज्ना जग्दिशा खाता नखोली शून्यमा अविजित रहिन् ।

समूह ‘बी’ मा रहेको नेपाल २ खेल बाट ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल आजको खेलमा विजयी भएमा शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्ने पक्का हुनेछ । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports