२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सहरी विकाश मन्त्री र सचिव नै रकम असुली धन्दामा, अख्तियार र मन्त्रिपरिषदको कार्यालयमा उजुरी

975
shares

काठमाडौं । सहरी विकास मन्त्रालयमा खुलमखुल्ला असुली धन्दा चलाइएको पाइएको छ । मन्त्रालयका सचिव डा. रमेश सिंहले मन्त्री रामकुमारी झाँक्री सँगको सेटिङमा मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थाल्नुभएको हो ।यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतका इन्जिनियर लगायतका कर्मचारीले त्यस विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दिएका छन भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रकम असुली सम्बन्धमा गुनासो आएको भन्दै सिंह सँग स्पष्टीकरण सोधेको छ ।

आर्थिक वर्षको समापन हुनै लाग्दा विभिन्न विकासे मन्त्रालयमा रकमको लेनदेन हुने गरेको छ । विभिन्न मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा आर्थिक चलखेल हुने गरेको र अहिले त्यो क्रम अत्याधिक रहेको स्रोतको दाबी छ । राजधानी दैनिकले खुलासा गरे अनुसार सहरी विकास सचिव सिंहले सहरी विकासमन्त्री रामकुमारी झाँक्री सँगको मिलिमतोमा मातहतका कर्मचारी सँग रकम असुली गर्न थालेको कर्मचारीको आरोप छ । सचिव सिंहले पनि मन्त्री र मन्त्रीको पार्टीलाई रकम आवश्यक पर्ने भन्दै मन्त्रीको नाम लिँदै वरिष्ट इन्जिनियर तथा मातहका कर्मचारी सँग रकम बार्गेनिङ गर्दै आइरहेको बताइएको छ ।

सचिव सिंहले भने जति रकम नदिए अपायक ठाउँमा सरुवा गरिदिने भन्दै इन्जिनियरलाई दुःख दिने काम गरिरहेको कर्मचारीको भनाइ छ । ‘सचिव सिंहले हाकाहाकी रकम माग्न थालेपछि हामी बाध्य भएर अख्तियार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी हाल्न बाध्य भएका हौं,’ एक वरिष्ट इन्जिनियरले भने । पीडित कर्मचारीले अख्तियार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंह विरुद्ध छानबिनको माग गर्दै उजुरी हाले पनि सुरुमा प्रधानमन्त्री कार्यालयले खासै चासो दिएको थिएन तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास सचिव सिंहले सहरी विकासमन्त्रीको नाम लिँदै मातहतका कर्मचारी सँग रकम असुली गर्न थालेको उजुरी आएकाले त्यस विषयमा आवश्यक छानबिन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको थियो ।

अख्तियार बाट पत्र आएपछि मुख्य सचिव शंकरदास वैरागीले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएर कारबाही अघि बढाएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । मुख्य सचिव वैरागी द्वारा रकम लेनदेन प्रस्ट पार्न र यथार्थ जानकारी दिन भन्दै सचिव सिंहलाई स्पष्टीकरण सोधेको पत्र सहरी विकास मन्त्रालयमा आइपुगेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले पनि सिंह विरुद्ध उजुरी परेपछि र अख्तियार बाट छानबिन गर्नुपर्ने पत्र आएकाले सोही अनुसार सचिव सिंह सँग स्पष्टीकरण माग गरिएको जानकारी दिएको छ । सुरुमा सहरी विकासमन्त्री झाँक्री सँग केही विषयमा टसल भएपछि सचिव सिंहको गत १३ मंसिरमा प्रधानमन्त्री कार्यालयमा सरुवा भएको थियो । सिंह पुनः शक्तिकेन्द्रको प्रयोग गरी मन्त्री झाँक्रीलाई समेत प्रभावमा पारेर चार महिनापछि फेरि सहरी विकास मन्त्रालयमा नै फर्कन सफल हुनुभएको थियो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports