बिर्तामोडकी मेयर माथी बाणिज्य सधका नेताले गरे हातपात
वि.सं.२०७९ असार ६ सोमवार १५:१८
shares

काठमाडौँ ।बिर्तामोडकी मेयर पवित्र महातार प्रसाईँ माथि दुर्व्यवहार भएको छ । सोमबार बुधबारे हटियाको सन्दर्भमा छलफल गर्न बसेको सर्वपक्षीय बैठकमा मेयर प्रसाईँ माथि दुर्व्यवहार भएपछि नगर तनावग्रस्त बनेको छ । मेयर पवित्रा माथि विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले दुर्व्यवहार गरेको बताइएको छ ।
उनले एमालेका नगर अध्यक्ष सुवास भट्टराई माथि हातपात गरेको आरोप एमालेले लगाएको छ ।बुधवार हटियाका व्यापारीलाई विद्युत महसुलको मिटर दिनुपर्ने मागका विषयमा सम्बोधन गर्न नगरपालिकाले सर्वदलीय बैठक बोलाएको थियो ।
बैठकमा मेयर महतरा बोल्न थालेपछि न्यौपाने आफ्नो ठाउँमा उठेर अवरोध गर्न थाले । बैठकमा सहभागी एमाले अध्यक्ष भट्टराईले मेयरका कुरा सुन्न आग्रह गर्दा उनी भट्टराई माथि हातपातमा उत्रिए स्थिति झनै बिग्रिएको थियो ।
































