रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे
वि.सं.२०७९ असार ७ मंगलवार १३:३७
shares

काठमाडौं ।सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।
स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरु प्रति आफ्नो सम्मान रहेको भन्दै उनले देशभर बाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले सुनाए ।





































