विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजनीतिक आवश्यकताका आधारमा कम्युनिष्ट पार्टीहरु सँग एकता र सहकार्य हुनसक्छ : विप्लव

1.39K
shares

जुम्ला ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेपालको राजनीतिक आवश्यकताका आधारमा कम्युनिष्ट पार्टीहरु सँग एकता र सहकार्य हुन सक्ने बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टी जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव विप्लवले पश्चगामी नभई क्रान्तिकारी सोचको आधारमा कम्युनिष्ट पार्टी बीच एकता र सहकार्य हुन सक्ने बताएका हुन् ।

पत्रकारको जिज्ञासामा उनले भने, ‘एकदिन कम्युनिष्ट एक हुनुपर्छ र समाजवादको यात्रामा लोकतान्त्रिक शक्ति सँग मिलेर अघि बढ्नुपर्ने हुनसक्छ ।’ विप्लवले विश्वमा पनि कम्युनिष्ट कम नभएको तर आपसमा नमिलेर कम देखिएको बताए । नेता चन्दले राष्ट्रिय परिस्थिति बारे बोल्दै अहिले राष्ट्रिय स्वाधिनता जोखिममा रहेको बताए । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै देशभक्त नेपालीलाई एक हुन उनले अपिल समेत गरे ।

अमेरिकाको एमसीसी, एसपीपी जस्ता विषय नेपालको हितमा नभएको चन्दले बताए । अमेरिकाले सैन्य ढंग बाट अतिक्रमण गर्ने प्रयास गरेको बताउँदै उनले भने, ‘यो नेपाल र नेपालीका लागि राम्रो होइन ।’ उनले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन आगामी असोजमा हुने जानकारी समेत दिए ।

सो पार्टीका जुम्ला जिल्ला सेक्रेटरी विर्षबहादुर शाहीका अनुसार असार ५ गते बेलुकी जुम्लामा आइपुगेका चन्दले जुम्ला कारागारमा रहेका कैदीबन्दी र जुम्लाका राजनैतिक दलका नेताहरु सँग भेटघाट गरेका थिए । चन्द सहित सचिवालय सदस्य सन्तोष बुढामगर, केन्द्रीय नेता भरतबहादुर बम लगायतका नेताहरु अहिले जुम्लामा छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports