प्रधान सेनापति र लेवनानका राष्ट्रपतिबीच भेटघाट
वि.सं.२०७९ असार ८ बुधवार १७:३७
shares

काठमाडौ । लेवनानको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी प्रभुराम शर्माले लेवनानका महामहिम राष्ट्रपति मिसेल आउन सँग शिष्टाचार भेटघाट गर्नु भएको छ ।
उक्त भेटघाटको क्रममा, लेवनानका महामहिम राष्ट्रपति मिशेल आऊन द्वारा नेपाली शान्ति सैनिकहरुको योगदान, विशेष गरी, लेवनानमा शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकहरुले गरेको बलिदानको प्रशंसा गर्नुका साथै उहाँले लेवनानी स्थानीय समुदाय र नेपाली शान्ति सैनिकहरु बीचको उत्कृष्ट सम्बन्ध, पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनाहरुमा नेपाली शान्ति सैनिकहरुले पु¥याएको योगदानको समेत उच्च प्रशंसा गर्नु भएको थियो ।
सोही क्रममा, प्रधान सेनापति महारथी शर्माले नेपालका सम्माननीय राष्ट्रपतिको तर्फबाट लेवनानका राष्ट्रपति तथा सम्पूर्ण लेवनानी जनतालाई पठाउनु भएको सद्भोवना सन्देश जानकारी गराउनु भई लेवनानी सरकारले नेपाली शान्ति सैनिकहरुलाई गरेको समर्थन तथा सहयोगका लागि लेवनानका महामहिम राष्ट्रपतिलाई धन्यवाद व्यक्त गर्नु भएको व्यहोरा जानकारी गराईन्छ ।
पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी शर्मा, भ्रमणदल सहित, आजै सिरियातर्फ प्रस्थान गर्नु भएको नेपाली सेनाले जनाएको छ ।


































