प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संक्रमणकालीन न्याय सम्बन्धी कानूनलाई संशोधन गर्न सत्तारुढ गठबन्धनमा सहमति

689
shares

काठमाडौं ।शान्ति प्रक्रियाका बाँकी काम सक्न संक्रमणकालीन न्याय सम्बन्धी कानूनलाई संशोधन गर्न सत्तारुढ गठबन्धनमा सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा शान्ति प्रक्रियाबारे छलफल भएको हो ।

सरकारका प्रवक्ता एवम संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनको निम्ति छलफल केन्द्रित भएको जानकारी दिए । उनका अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले शान्ति प्रक्रियामा अहिलेसम्म भएका कामबारे समीक्षात्मक प्रतिवेदन पेस गरेका थिए।

कानूनमन्त्री बन्दीले आफूले अहिले सम्म भएको प्रगति बारे ब्रिफिङ गरेको र चाँडै संक्रणकालीन न्याय सम्बन्धी कानून संशोधन गर्ने सहमति भएको जानकारी दिए । ‘मैले अहिले सम्म के के भयो भनेर ब्रिफ्रिङ गरेँ’, उनले भने, ‘चाँडो भन्दा चाँडो कानून संशोधन गरेर जाने सहमति भएको छ।’

उनले थपे, ‘एउटा परामर्श बाँकी छ । त्यो सकेर आएपछि कानून संशोधनको दिशामा अगाडि बढ्ने सहमति भएको छ ।’ कानून अभावका कारण सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले काम गर्न नसकेको बताइने गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports