प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय टिम बाट निकालिएका फुटवल खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय

1.08K
shares

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिम बाट बाहिर राखेका सबै खेलाडीलाई ससम्मान राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टिम बाट बाहिर परेका सबै खेलाडीलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको कार्यसमितिका सदस्य अनिल मल्लले जानकारी दिए । मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो अनुमति विना बन्द प्रशिक्षण छाडेको भन्दै रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राईसहित १० खेलाडीलाई राष्ट्रिय टोली बाट निकालेका थिए ।

एन्फा कार्यसमितिको बैठकले मुख्य प्रशिक्षक अल्मुताइरीका विषयमा छानबिन गर्न गठित समितिकाे प्रतिवेदनलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय सम्बन्ध नबिग्रिने गरी सम्बन्धित सबै पक्ष सँग छलफल र समन्वय गर्न महासचिव किरण राईलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।अध्यक्षमा निर्वाचित भएलगत्तै नेम्वाङले खेलाडी प्रशिक्षक विवाद बारे निर्णय गर्ने बताएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports