२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न्यायाधिस र वकिलको अडियो काण्डमा कारवाहीको माग गर्दै राप्रपाले आज मुद्धा दर्ता गर्ने

1.12K
shares

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई करोड घुसको डिल गर्ने न्यायधीश र अधिवक्ता विरुद्ध मुद्दा दर्ता गर्ने भएको छ । पार्टीको सुशासन विभागका तर्फ बाट सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिने राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

२ करोड घुस लिएर इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीस राजकुमार पोखरेल र अधिवक्ता रुद्र पोखरेल बीच भएको फोन संवादको अडियो सार्वजनिक भएको थियो ।

यस प्रकरण बारे छानविन गर्न न्यायपरिषदले हिजो छानविन समिति बनाएको छ । गम्भीर अपराधमा मुछिएको न्यायधीश र वकिल दुवैमाथि हदै सम्मको कारवाही माग गर्दै मुद्दा दर्ता गर्न लागिएको शाहीले बताए । न्यायाधीशलाई पद बाट बर्खास्त र वकिलको लाइसेन्स खारेजी गर्न राप्रपाले माग गर्ने भएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports