२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

घुस लेनदेनको विषयमा छानबिन भइरहेको छ : कानुनमन्त्री बन्दी

1.5K
shares

काठमाडौं ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले घुस लेनदेनको विषयमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेल बीचको कुराकानीको अडियो बारे छानबिन भइरहेको बताएका छन् ।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेल बीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेन बारे कुराकानी भएको अडियो बुधबार सार्वजनिक भएको थियो । बिहीबार यसै विषयमा संघीय संसद भवनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री बन्दीले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको बताएका हुन् ।

‘जुन अडियो बाहिर सार्वजनिक भएको छ । त्यसको सत्यतथ्य खोजबिन गर्दैछौं । कति ठीक, कति बेठीक भनेर छानबिन गर्न समिति नै गठन गरिएको छ’ मन्त्री बन्दीले भने । त्यो घटना बाहेक पनि न्यायालय भित्र विकृति र विसंगति रहेको उनले बताए । न्यायाधिशको नियुक्ति नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढ्दै गएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने काम अघि बढाएको बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports