२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसिया कप छनोट हुन नेपाललाई ८२ रनको लक्ष्य

1.21K
shares

काठमाडौं ।मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । नेपालले एसिया कपमा पुग्नका लागि यो लक्ष्य पूरा गर्नुपर्नेछ । अस्मिना कर्माचार्यले शानदार लबिङ गर्दै ५ विकेट लिएपछि नेपालले एक बल अगावै युएईलाई ८१ रनमा अलआउट गरेको हो ।

च्याम्पियन्सिपको फाइनल पुग्ने दुई टिम एसिया कपमा छनोट हुनेछन् र एसियाका टेष्ट राष्ट्र सँग खेल्ने अवसर पाउनेछन् । मिडियम पेसर अस्मिना कर्माचार्य तथा स्पीनहरु सीता राना मगर र इन्दु बर्माले उत्कृष्ट बलिङ गरेपछि नेपालले युएईलाई कम स्कोरमा रोकेको हो ।

अस्मिनाले ३.५ ओभरमा १० रन मात्र खर्चेर ५ विकेट लिइन् । यस्तै इन्दु बर्माले ४ ओभरमा १६ रन खर्चेर ३ तथा सीता राना मगरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । कप्तान रुविनाले विकेट नलिए पनि ४ ओभरमा १२ रन मात्र खर्चिइन् ।

युएईका लागि आठौं नम्बरमा ब्याटिङ गरेकी वैस्नभी महेशले सर्वाधिक १६ रन बनाउदा ओपनर इशा ओझाले १५, कप्तान द्धायँ मुगलले १४ र खुशि शर्माले १२ रन जोडिन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports