२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिसस सप्तरीको प्रमुखमा कांग्रेस बिजयी

819
shares

सप्तरी ।जिल्ला समन्वय समिति, सप्तरीको प्रमुखमा नेपाली कांग्रेसका शिवनारायण साह निर्वाचित भएका छन् । आईतबार भएको निर्वाचनमा साह प्रमुखमा निर्वाचित भएका हुन । साहले २३ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी जनता समाजवादी पार्टी (जसपा) का छेदी अरगरिया यादवले ११ मत ल्याए ।

उप प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शम्भु यादव निर्वाचित भएका छन् । यादवले २० मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका देबकान्त चौधरीले १४ ल्याएका छन् । समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस, लोसपा, जनमत र नेकपा एकीकृत समाजवादी बीच गठबन्धन भएको थियो । जसपा, नेकपा एमाले बीच गठबन्धन भएको थियो ।

म्हिला सदस्यमा नेपाली कांग्रेसकी रंजिता कुमारी चौधरी, जनमत पार्टीकी प्राणवती देवी सरदार र एकीकृत समाजवादीकी सविता कुमारी साह निर्वाचित भएकी छन् । सदस्यहरुमा कांग्रेसका जागेश्वर यादव, जनमत पार्टीका बुद्धिलाल यादव र लोसपाका सत्यनारायण मण्डल निर्वाचित भएका छन् ।

दलित या अल्पसंख्यक सदस्यमा नेकपा एकीकृत समाजवादीका बौहुरी भगत निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको कुल ३६ मतदाताले मतदान गर्दा २ वटा मत भने बदर भएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports