प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बिभूषणमा प्रयोग हुने सुनको प्रयोग घटाउने सरकारको निर्णय

611
shares

काठमाडौं ।सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारले हरेक साल संविधान दिवसको अवसर पारेर विभिन्न किसिमका विभूषण घोषणा गर्ने गरेको छ। त्यसमा देश र जनताका लागि उल्लेखनीय कार्य गरेको व्यक्तिलाई विभूषण द्वारा सरकारले सम्मान गर्ने गरेको छ।

नेपाल राजपत्रमा प्रकाशित विभूषण (पहिलो संशोधन) नियमावली २०७७ अनुसार सरकारले हरेक वर्ष १ सय मानपदवी, ५० अलंकार र ५० पदक वितरण गर्दै आएको छ। यस्तै नेपाल रत्न एक र २ वटा राष्ट्र गौरव पदक वितरण गर्दै आएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports